जिन्दगिका हरेक पाइला मा तिमिलाइ मेरो साथ छ उस्ले भन्ने गरेका एइ कुराहरु सम्जन्थ्ये म, आज उस्ले छोडेर गएको त लगभग ७ बर्स बितिसकेको थियो, माला ले सजाइएको उस्को तसवीर देखेर छोरी सधै सोद्ने गर्थी मेरो बाबालाइ किन माला लगाइदिएको मामु, म उस्लाइ भन्थ्ये तिम्रो बाबा मेरो लागि भग्वान हुनुन्थ्यो नानी तेसैले उहाको सधै पुजा गर्नुपर्छ, छोरी भन्थी अनि अइले बाबा काहा हुनुन्छ, म भन्थ्ये बाबा भग्वान को घर जानुभएको छ छोरी अनि उ चुप लाग्थी।
उ मलाइ सधै भन्थ्यो तिमिले कैलेइ हिम्मत नहार्नु मुस्कान, तिम्रो ओठमा म सधै मुस्कान हेर्न चाहन्छु, हाम्री खुसी लाई सधै खुसी राख्नु, उस्ले नै राखिदिएको थियो हाम्री छोरिको नाम खुसी भनेर, आज खुसी पनि निकै ठुली भैसकेकी थिइ, उ मलाइ सधै अरुन को याद दिलाउथी, म रोएको बेला उस्का साना हातले मेरो आँसु पुछ्ने गर्थ्ये, उ मेरो शक्ति थिइ,
म उसैलाइ हेरेर आफ्नो सारा दुख बिर्सन्थ्ये, मेरो जिन्दगी बनेकी थिइ मेरि खुसी, भग्वानले एउटा खुसी खोसेपनी अर्को खुसी पठाइदिएको थियो, साच्चै छोरी कि आमा बन्न पाउनु मेरो ठूलो भाग्य थियो
समाप्त
No comments:
Post a Comment