एकैछिन समय निकालेर पढौँ न है 💕 - JHAPA NEWS NP

WELCOME OUR FRIENDS

Breaking

Post Top Ad

Recent in Sports

Recent Posts

Wednesday, April 24, 2024

एकैछिन समय निकालेर पढौँ न है 💕

 एकैछिन समय निकालेर पढौँ न है 💕


जिन्दगी ठिकठिकै चलेको थियो । श्रीमान् जागिर गर्नुहुन्थ्यो तर श्रीमती केही गर्दैन थिइन् । 
श्रीमती ले केही नगरेपनी श्रीमान को कपडा धोएर चिटिक्क बनाउने, श्रीमान लाई अफिस जानू भन्दा पहिले नै दुई चोटि मीठो खानेकुरा बनाउने र श्रीमान बेलुकी घर पुग्ने बित्तिकै फेरि मीठो खाना मायाले तयार पारेर राख्थिन् । उनिहरुको छोराछोरी भने भएको थिएनन् । 
बिस्तारै श्रीमान् ले श्रीमती लाई झर्केर बोल्ने रिसाउने जस्ता व्यबहार गर्न थाल्यो ।
श्रीमान ले श्रीमती लाई यतिसम्म भन्न थाल्यो कि - "म काम गरेर मेहनत गरेर कमाउँछु तँ केही गर्दिनस्, खाली घरमा मात्रै बस्छेस्" ।
श्रीमान ले जहिल्यै किचलो अनि रिसाउने बानी देखि उसकी श्रीमती वाक्क हुन्छिन् । 
श्रीमान् ले कहिल्यै त माया गर्लान् सोच्छिन् उनी तर श्रीमान् जहिल्यै सानो सानो कुरामा रिसाउने अनि - "तँ घरमा बसेर के गर्छेस्" भनेर भन्न थालेपछि श्रीमती श्रीमान देखि वाक्क भएर माइती जान्छिन् । 
श्रीमान लाई श्रीमती माइत गएपनी केही वास्ता हुँदैन । केही काम गर्दैन थिइ गइ भन्ने सोच्छ श्रीमान ले । 
अब उसको श्रीमान घरमा एक्लै हुन्छ । 
श्रीमान लाई बेलुकी खाना पकाउने समय नहुनाले उ एकजना काम गर्ने आईमाई राख्ने सोच बनाउँछ र खोज्न जान्छ । 
एक जना आईमाई भेट्टाउँछ अनि उनलाइ भन्छ कि - खाली बिहान बेलुकी खाना मात्र बनाएको कति लग्नुहुन्छ ? 
तब काम गर्ने आइमाई ले भन्छ - बिहान बेलुकी खाना बनाएको एक दिनको बाह्र सय रुपैयाँ । 
यति भन्ने बित्तिकै उ अचम्म पर्छ । उसले मनमनै हिसाब लगाउँछ । 
"मैले बिहे गरेको ५ बर्ष भयो । मेरो श्रीमतिले त यो पाँच बर्षमा कति दिन मलाई खाना बनाइ दिइन्, कति दिन मीठो मलाई मनपर्ने कुरा बनाएर राखिन् , मेरा कपडा चिटिक्क बनाएर धोएर ठिक्क पारिदिइन् । मैले मेरो श्रीमतिलाइ तलब दिने हो भने त मैले कमाएको तलब ले नि नपुग्ने रहेछ ।"
उसलाई निकै पश्चाताप हुन्छ श्रीमतिलाइ नराम्रो व्यबहार गरेकोमा । उ फेरि श्रीमती संग माफी माग्छ र पुन सम्बन्ध जोडिन्छ । 

म के भन्न चाहानुहुन्छ भने श्रीमान् ले बाहिरी गर्ने काम देखिन्छ तर श्रीमती ले त्यसको दुई गुणा गर्ने घरको काम कसैले देख्दैनन् । त्यसैले श्रीमतिले जस्तो पकाएपनी मीठो मानेर खाउँ । कामको जति नै प्रेसर भएपनी श्रीमती संग मीठो बोलौँ । सम्बन्ध कहिल्यै नबिगारौँ । नारिको सम्मान गरौँ । 

लेखक - बचन जोशी सुवेदी 

मन परे एक शेयर ल 💕

No comments:

Post Bottom Ad

Pages